काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक का बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतले आज छुट्टाछुट्टै इजलास तोकेको छ।
सर्वोच्च अदालतका अनुसार, एमाले अध्यक्ष ओलीको रिट सुनुवाइका लागि न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ। यस्तै, कांग्रेस नेता लेखकको बन्दी प्रत्यक्षीकरण रिट भने न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ।
जेन–जी आन्दोलनका क्रममा हिंसात्मक दमन गरेको आरोपमा गत शनिबार पक्राउ परेका ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन्। त्यस्तै, लेखकका तर्फबाट उनकी पत्नी यशोदाले पनि रिहाइको माग गर्दै निवेदन पेश गरेकी छन्।
स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई हाल त्रिवि शिक्षण अस्पताल मा उपचारका लागि राखिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको प्रहरीले जनाएको छ।

