२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीलाई पिसाब संक्रमण,...

अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीलाई पिसाब संक्रमण, खड्काको अवस्था सामान्य

अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीलाई पिसाब संक्रमण, खड्काको अवस्था सामान्य

बिहिवार, चैत्र १९ २०८२११:१३
बिहिवार, चैत्र १९ २०८२११:१३
  • images

    काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

    पक्राउपछि ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ‘एनेक्स–१’को शय्या नम्बर ५०१ मा उनको २४सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । 

    उनलाई पिसाबमा इन्फेक्सन देखिएको अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार उनको युरिनको थप रिपोर्ट आउन बाँकी रहेको छ । 

    त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का पनि सोही अस्पतालमा उपचाररत छन् । आइतबार पक्राउ परेका उनलाई स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान अस्पतालमा भर्ना गरिएको हो ।

    बान्ता तथा पखालाका कारण अस्पताल भर्ना भएका खड्काको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनमा शारीरिक रुपमा कमजोरी रोकिएको र स्वास्थ्य सामान्य रहेको अस्पतालका सहायक प्रवक्ता रोस्याराले बताए ।

    उनका अनुसार, खड्काको स्वास्थ्यमा हालसम्म अन्य समस्या देखिएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend