२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • रास्वपा कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच...

रास्वपा कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रास्वपा कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रवार, चैत्र २० २०८२०५:४९
शुक्रवार, चैत्र २० २०८२०५:४९
  • images

    काठमाडौँ । सुर्खेतस्थित सामुदायिक वनको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम अनियमित रूपमा खर्च गरिएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आरोप अनुसार समितिका पदाधिकारीहरूले बिना निर्णय रकम खर्च गर्ने, नक्कली कागजात बनाएर भुक्तानी लिने, काठ बिक्रीबाट आएको रकम खातामा नजम्मा गर्ने लगायतका अनियमितता गरेका छन् ।

    यस्तै, बिलबिना विभिन्न शीर्षकमा खर्च देखाएर रकम हिनामिना गरिएको र लेखापरीक्षणसम्बन्धी प्रक्रियासमेत उल्लंघन गरिएको अभियोगमा उल्लेख छ ।

    अख्तियारले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउँदै थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend