२०८३, आश्विन २० गते

images
  • समाचार
  • लमजुङमा जिप दुर्घटना: २ जनाको मृत्यु,...

लमजुङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १३ घाइते

लमजुङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १३ घाइते

शनिवार, चैत्र २१ २०८२०६:५१
शनिवार, चैत्र २१ २०८२०६:५१
  • images

    काठमाडौँ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–७ स्थित उस्ताबेसीमा यात्रुबाहक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

    छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप शनिबार अपराह्न करिब साढे ४ बजे उकालोको घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    प्रारम्भिक जानकारी अनुसार मृत्यु हुनेमा मर्स्याङ्दी–७ का ४० वर्षीया गंगामाया (त्रिवेणी) गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन्। यद्यपि, यसबारे औपचारिक पुष्टि हुन बाँकी रहेको छ।

    दुर्घटनामा घाइते भएका १३ जनामध्ये ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने ३ जनाको प्रदेश अस्पताल लमजुङ को रेड जोनमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्री का अनुसार घाइते सबैलाई उपचारका लागि बेंसीसहरस्थित अस्पतालमा ल्याइएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend