काठमाडौं । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
मंगलबार भएको उक्त भेटमा राजदूत झाङले चीनका परराष्ट्रमन्त्रीको तर्फबाट पठाइएको बधाई तथा शुभकामना सन्देश परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरेका हुन्। परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेको अवसरमा चीन सरकारका तर्फबाट शुभकामना व्यक्त गरिएको जनाइएको छ।
भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, द्विपक्षीय हितका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा समेत सहमति र सकारात्मक संवाद भएको उल्लेख गरिएको छ।
नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने विषयमा दुवै पक्ष सहमत रहेको मन्त्रालयले जनाएको छ।

