२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • मन्त्री रावलको कर्मचारीलाई निर्देशन: 'मन्त्रीलाई खुसी...

मन्त्री रावलको कर्मचारीलाई निर्देशन: 'मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्'

मन्त्री रावलको कर्मचारीलाई निर्देशन: 'मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्'

मंगलवार, चैत्र २४ २०८२०४:५०
मंगलवार, चैत्र २४ २०८२०४:५०
  • images

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । 

    मङ्गलवार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले  सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन् । 

    सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नु पर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन चेतावनी समेत दिइन् । 

    'मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्', मन्त्री रावलले भनिन्, 'कसैको दबाब र प्रभावले होइन कानुनमा टेकेर काम गर्नुस् ।'

    उनले भनिन्, 'नापी र मालपोतमा पुग्दा जनताले सबै भन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबै भन्दा सहज यी नै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस् ।'

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend