२०८३, आश्विन २० गते

images
  • समाचार
  • ६५% सस्तो एनसेल अफर : अनलिमिटेड...

६५% सस्तो एनसेल अफर : अनलिमिटेड डेटा र कल अब रु ६९९ मै

६५% सस्तो एनसेल अफर : अनलिमिटेड डेटा र कल अब रु ६९९ मै

बुधवार, चैत्र २५ २०८२०२:४७
बुधवार, चैत्र २५ २०८२०२:४७
  • images

    काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना प्रिपेड ग्राहकका लागि अनलिमिटेड इन्टरनेट र कलसहितको आकर्षक कम्बो प्याक सार्वजनिक गरेको छ। कम्पनीले यस प्याकमार्फत सेवाको शुल्कमा करिब ६५ प्रतिशतसम्म कटौती गरेको जनाएको छ।

    यसअघि रु १९९९ मा उपलब्ध हुँदै आएको अनलिमिटेड कल र डेटा सेवा अब करसहित मात्र रु ६९९ मा उपलब्ध हुने भएको छ। २८ दिनसम्म मान्य रहने यस प्याकमा ग्राहकले कुनै पनि नेटवर्कमा अनलिमिटेड कल, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस तथा लायन्स गेट प्लेमा निःशुल्क पहुँच प्राप्त गर्नेछन्।

    कम्पनीका अनुसार बढ्दो डिजिटल प्रयोग र कनेक्टिभिटीको आवश्यकतालाई ध्यानमा राख्दै यो ‘बेस्ट भ्यालु’ अफर ल्याइएको हो। एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यस प्याकले ग्राहकलाई सस्तो दरमा निरन्तर इन्टरनेट र सञ्चार सेवामा जोडिराख्ने विश्वास व्यक्त गरेका छन्।

    ग्राहकले *123# डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल सेन्टर तथा पसलबाट सहजै यो प्याक सक्रिय गर्न सक्नेछन्।

    अनलाइन कारोबार, अध्ययन, वर्क फ्रम होम, गेमिङ र मनोरञ्जनका लागि डेटा सेवाको महत्व बढ्दै गइरहेको अवस्थामा यो प्याक उपभोक्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। विशेषगरी लायन्स गेट प्लेमार्फत हलिउड फिल्म, टिभी शो तथा विभिन्न ओरिजिनल कन्टेन्टहरूमा पहुँच पाउने सुविधा यस प्याकको अर्को आकर्षण बनेको छ।

    एनसेलले यस्तो अफरमार्फत डिजिटल नेपाल अभियानलाई समेत सहयोग पुग्ने विश्वास लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend