२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • औषधि मूल्यवृद्धिमा तानिए विभागका महानिर्देशक, छानबिन...

औषधि मूल्यवृद्धिमा तानिए विभागका महानिर्देशक, छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

औषधि मूल्यवृद्धिमा तानिए विभागका महानिर्देशक, छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

शुक्रवार, चैत्र २७ २०८२०१:३०
शुक्रवार, चैत्र २७ २०८२०१:३०
  • images

    काठमाडौँ । औषधिको मूल्य अनधिकृत रूपमा बढाइएको आरोपपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाहीस्वरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको निर्णयअनुसार ढकाललाई बिहीबार राति मन्त्रालयमा तानिएको हो। औषधिको मूल्यवृद्धि सम्बन्धी विवाद चर्किएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत चासो देखाउँदै छानबिन गर्न निर्देशन दिएको थियो।

    प्रधानमन्त्री कार्यालयले स्वास्थ्य सचिव विकाश देवकोटालाई तीन सदस्यीय विज्ञसहितको छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। उक्त समितिलाई सात दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्न समयसीमा दिइएको स्रोतले जनाएको छ।

    प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनमा औषधिको मूल्य निर्धारण प्रक्रिया, मूल्यवृद्धिको कारण र त्यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी स्पष्ट प्रतिवेदन पेश गर्न भनिएको छ।

    यसअघि नै औषधिको मूल्यवृद्धि विषय संसदमा समेत उठेको थियो। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको मूल्य अनधिकृत रूपमा बढाइएको भन्दै अरबौँ रुपैयाँको अनियमितता भएको आशंका व्यक्त गरेका थिए।

    उनले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै औषधि व्यवस्थापनमा गम्भीर त्रुटि र अनियमितता भएको दाबी गरेका थिए।

    सरकारले औषधि जस्तो संवेदनशील क्षेत्रमा देखिएको मूल्यवृद्धि र सम्भावित अनियमितताबारे गम्भीरतापूर्वक छानबिन अघि बढाएको जनाएको छ। अब आउने प्रतिवेदनका आधारमा थप कारबाही हुने संकेत गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend