२०८३, आश्विन १९ गते

images
  • समाचार
  • इरान–अमेरिका वार्ता  : १४ घण्टा छलफलपछि...

इरान–अमेरिका वार्ता  : १४ घण्टा छलफलपछि आइतबार अर्को चरण सुरु हुने

इरान–अमेरिका वार्ता  : १४ घण्टा छलफलपछि आइतबार अर्को चरण सुरु हुने

आइतवार, चैत्र २९ २०८२०६:५१
आइतवार, चैत्र २९ २०८२०६:५१
  • images

    काठमाडौँ । इरान र अमेरिकाबीच पहिलो दिन करिब १४ घण्टा लामो वार्ता सम्पन्न भएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा भएको यो उच्चस्तरीय वार्ता युद्धविराम र क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले आयोजना गरिएको हो।

    वार्ता दुई चरणमा सम्पन्न भएको थियो, जसमा पहिलो चरण करिब २ घण्टा चलेको थियो भने त्यसपछि विस्तृत छलफल जारी रह्यो। इरानी सरकारी स्रोतका अनुसार हालका लागि पहिलो दिनको वार्ता स्थगित गरिएको छ, तर प्रक्रिया भने निरन्तर जारी रहेको छ।

    दुवै देशका प्रतिनिधिमण्डलहरूले मस्यौदा दस्तावेज र आवश्यक कागजातहरू आदानप्रदान गरेका छन्। केही महत्वपूर्ण विषयहरूमा अझै मतभेद कायम रहे पनि वार्ता पूर्ण रूपमा विफल भएको छैन। पाकिस्तानको पहलमा दुवै पक्ष आइतबार पुनः वार्तामा बस्न सहमत भएका छन्।

    वार्तामा सुरक्षा, राजनीतिक अवस्था, सैन्य रणनीति, अर्थतन्त्र तथा कानुनी विषयहरूमा विस्तृत छलफल गरिएको थियो। अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भेन्स र इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले वार्ताको नेतृत्व गरेका थिए।

    यसैबीच, इरानले लेबनानमा इजरायलले गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेको छ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलोपटक यति उच्च तहमा दुवै देशका नेताहरूबीच प्रत्यक्ष वार्ता भएको मानिएको छ।

    यसअघि इरानले चेतावनी दिँदै इस्लामाबादमा जारी वार्ता निष्कर्षमा नपुगे त्यसको जिम्मेवारी केवल इजरायलमाथि मात्र नथोपर्न आग्रह गरेको थियो। इजरायल र अमेरिकाका नीतिहरू आपसमा जोडिएको उल्लेख गर्दै वार्ता असफल भए त्यसको जिम्मेवारी अमेरिकामाथि पनि पर्ने इरानको धारणा रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend