२०८३, आश्विन २० गते

images

लयमा फर्कदै शेयर बजार,४९.१८ अंकले बढ्यो

लयमा फर्कदै शेयर बजार,४९.१८ अंकले बढ्यो

बुधवार, आश्विन ९ २०८१०३:४६
बुधवार, आश्विन ९ २०८१०३:४६
  • images

    काठमाडौं । शेयर बजारमा बुधबार हरियाली छाएको छ । बजारमापक परिसूचक नेप्से फेरि २५०० को बिन्दुमाथि पुगेको छ । मंगलबार २५०० भन्दा तल झरेको नेप्से बुधबार ४४ अंकको वृद्धि हुँदा २५१४ को बिन्दुमा पुगेको छ । 

    बजार बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ६७ करोडको कारोबार भएकोमा बुधबार भने ४ अर्ब ८१ करोडको मात्र कारोबार भएको छ । तर, लगातार घटिरहेको बजारमा बुधबारको वृद्धिले लगानीकर्तालाई केही राहत दिएको छ । 

    यसदिन पाँचवटा कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि हुँदा सकरात्मक सर्किट लागेको छ । समग्रमा यसदिन २२३ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १८ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । तीन कम्पनीको शेयरमूल्य यथावत रहेको छ । हिमालयन हाइड्रोले यसदिन सबैभन्दा धेरै प्रतिकित्ता ३१ रुपैयाँ गुमाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend