२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • सरकारी अस्पतालका महँगा उपकरणमा सरकारी निगरानी,...

सरकारी अस्पतालका महँगा उपकरणमा सरकारी निगरानी, अध्ययन गर्न समिति गठन

सरकारी अस्पतालका महँगा उपकरणमा सरकारी निगरानी, अध्ययन गर्न समिति गठन

आइतवार, चैत्र २९ २०८२०४:०८
आइतवार, चैत्र २९ २०८२०४:०८
  • images

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा सञ्चालनमा रहेका महँगा स्वास्थ्य उपकरणहरूको अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले यस्तो निर्देशन दिएको हो।

    मन्त्रालयले विशेषगरी MRI, CT Scan, Cath Lab तथा PET CT Scan जस्ता उपकरणहरूको अवस्था, प्रयोग र गुणस्तरबारे विस्तृत अध्ययन गर्न आग्रह गरेको छ। सम्बन्धित निकायलाई ९० दिनभित्र प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्न भनिएको छ।

    निर्देशनअनुसार उपकरणहरूको प्रयोग अवस्था, प्राविधिक मापदण्ड तथा गुणस्तरको मूल्याङ्कन गरिनुका साथै विकिरणसम्बन्धी सुरक्षामा समेत विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। उपकरण सञ्चालनमा संलग्न प्राविधिक कर्मचारीहरूले आवश्यक विकिरण मापन गर्ने उपकरण (पर्सनल रेडिएसन डोज मिटर) प्रयोग गरे/नगरेको अवस्थाको समेत अनुगमन गरिनेछ।

    त्यस्तै, PET CT Scan लगायत विकिरण उत्सर्जन गर्ने उपकरणहरूको सुरक्षा मापदण्डअनुसार नियमित परीक्षण तथा निरीक्षण गरिएको छ वा छैन भन्ने विषय पनि अध्ययनको मुख्य भाग रहनेछ। बिरामी तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि अपनाइएका उपायहरूको मूल्याङ्कनसमेत गरिने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयको यो पहलले स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका आधुनिक उपकरणहरूको गुणस्तर सुनिश्चित गर्न, सेवा प्रवाहलाई सुरक्षित र प्रभावकारी बनाउन तथा सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend