२०८३, आश्विन २० गते

images

नयाँ वर्षका लागि बैंकको व्याजदर उपहारः १० बैंकको स्थिर, ९ बैंकले घटाउँदा एउटाको बढ्यो

नयाँ वर्षका लागि बैंकको व्याजदर उपहारः १० बैंकको स्थिर, ९ बैंकले घटाउँदा एउटाको बढ्यो

सोमवार, चैत्र ३० २०८२११:१८
सोमवार, चैत्र ३० २०८२११:१८
  • images

    काठमाडौँ । वाणिज्य बैंकहरूले नयाँ वर्ष २०८३ को वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । विवरण अनुसार १० बैंक प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंकको ब्याजदर स्थिर छ ।

    त्यस्तै, ९ बैंकले ब्याजदर घटाएका छन् । यी बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् ।

    सिद्धार्थ बैंक तथा एनआईशी एशिया बैंकले मुद्दतीतर्फ व्यक्तिगत र संस्थागत दुवैतर्फ अधिकतम ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले तल झारेको छ । हिमालयन बैंकले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले तल झार्दा अन्य बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन् । नबिल बैंकले भने संस्थागत निक्षेपको ब्याज मात्रै घटाएको छ ।

    व्यक्तिगततर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५, एभरेष्ट बैंकले ०.२०, कुमारी बैंकले ०.०७, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले घटाउँदा नबिल बैंकले संस्थागततर्फ ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।

    यसपटक ब्याजदर बढाउने एकमात्र बैंक कृषि विकास बैंक रहेको छ । यस बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले बढाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend