२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता...

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री सार्वजनिक

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कथा संग्रह र भिडियो सामग्री सार्वजनिक

सोमवार, चैत्र ३० २०८२०४:५३
सोमवार, चैत्र ३० २०८२०४:५३
  • images

    काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै नयाँ वर्ष २०८३ सालको अवसरमा “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्रीहरु सार्वजनिक गरेको छ ।

    उक्त “वित्तीय साक्षरता कथा संग्रह” बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गरेको हो । बैंकले वित्तीय साक्षरता केवल सूचना होइन, व्यवहार परिवर्तन गर्ने प्रक्रिया भएको उल्लेख गर्दै कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्याउने विश्वास व्यक्त गरेको छ ।

    यस कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग, तथा आर्थिक योजना जस्ता विषयहरूलाई सरल, रोचक र सन्देशमूलक कथाहरूका माध्यमबाट प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

    बैंकका अनुसार, यो कथा संग्रह देशभरका विभिन्न विद्यालयहरूमा वितरण गरिनेछ, जसले विद्यार्थीहरूमा प्रारम्भिक उमेरदेखि नै वित्तीय अनुशासन, बचत गर्ने बानी र जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुर्याउनेछ । साथै, बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘अल्फाग्रो सेभिङ अकाउन्ट’ खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप खुत्रुकेसँगै उक्त कथा संग्रह समेत प्रदान गर्ने व्यवस्था मिलाएको छ, जसले बचत व्यवस्थापनलाई व्यवहारिक रूपमा प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

    यस अभियानको विशेष आकर्षणका रूपमा कथा संग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण गरिएको छ । यी भिडियोहरूमा कथाका पात्रहरूलाई दृश्यात्मक रूपमा जीवन्त बनाउँदै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ । बैंकका अनुसार, भिडियो सामग्रीले विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आकर्षित गर्दै वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सजिलै बुझ्न सकिने माध्यममा रूपान्तरण गर्नेछ ।

    कथा संग्रहसँग सम्बन्धित भिडियो सामग्रीहरू प्रत्येक हप्तामा दुई दिन बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमहरूलाई आगामी दिनहरूमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, यस अभियानमार्फत समुदायस्तरमै वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend