२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • गण्डकीमा आजै मन्त्रिमण्डल फेरबदल, मुख्यमन्त्री बाहेक...

गण्डकीमा आजै मन्त्रिमण्डल फेरबदल, मुख्यमन्त्री बाहेक सबै मन्त्री हट्ने

गण्डकीमा आजै मन्त्रिमण्डल फेरबदल, मुख्यमन्त्री बाहेक सबै मन्त्री हट्ने

बुधवार, बैशाख २ २०८३११:३३
बुधवार, बैशाख २ २०८३११:३३
  • images

    काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रिमण्डल फेरबदल गरिने भएको छ । आजै (वैशाख २) मन्त्रिमण्डल फेरबदल गरिन लागेको हो ।

    नयाँ मन्त्रीहरूलाई आज मध्याह्न १२ बजे पर्यटन बोर्ड प्रादेशिक कार्यालय पोखरामा शपथ गराइने मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए । उनका अनुसार, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाहेक सबै मन्त्री फेरिँदै छन् ।

    हाल गण्डकीमा कांग्रेसबाट अर्थमन्त्री टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेल, सामाजिक विकासमन्त्री विन्दुकुमार थापा छन् । एमालेबाट भौतिकमा प्रकाशबहादुर केसी, कृषिमन्त्री पद्या जिसी श्रेष्ठ, स्वास्थ्यमन्त्री कृष्ण पाठक र पर्यटनमन्त्री मित्रलाल बस्याल छन् ।

    उनीहरूको ठाउँमा को–को मन्त्री बन्दै छन् भन्ने खुलिसकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend