२०८३, आश्विन २० गते

images
  • समाचार
  • एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’...

एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ : रु ५० मै डाटा, कल र निःशुल्क अनलाइन लर्निङ सुविधा

एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ : रु ५० मै डाटा, कल र निःशुल्क अनलाइन लर्निङ सुविधा

आइतवार, बैशाख ६ २०८३१२:५४
आइतवार, बैशाख ६ २०८३१२:५४
  • images

    काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै आफ्नो विशेष अफर ‘पहिलो सिम’ सार्वजनिक गरेको छ। सुलभ दरमा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यसहित ल्याइएको यस अफरअन्तर्गत विद्यार्थीहरूले करसहित मात्र रु ५० मा प्रिपेड सिम प्राप्त गर्न सक्नेछन्।

    कम्पनीका अनुसार ‘पहिलो सिम’ प्रयोगकर्ताहरूले आफ्नो रोजाइअनुसार मोबाइल नम्बर चयन गर्न सक्नेछन्। यस सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेट टक टाइम तथा २८ दिनका लागि ‘मेरो स्कुल’ र गेमिङ प्रिमियर लिग (GPL) मा निःशुल्क पहुँच उपलब्ध गराइएको छ।

    ‘मेरो स्कुल’ एक डिजिटल लर्निङ प्लेटफर्म हो, जहाँ विद्यार्थीहरूले पाठ्यक्रममा आधारित भिडियो सामग्रीमार्फत अनलाइन अध्ययन गर्न सक्छन्। त्यस्तै, GPL प्लेटफर्ममार्फत विभिन्न HTML आधारित मोबाइल गेमहरू खेल्न सकिन्छ।

    यसका साथै ‘पहिलो सिम’ प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्ती निःशुल्क प्रयोग गर्न सक्नेछन्, जसमा डेटा शुल्क लाग्ने छैन। सिम खरिदपछि रु. ५० वा सोभन्दा बढी रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटा पनि उपलब्ध हुनेछ।

    एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट यो सिम लिन सक्नेछन्। सिम प्राप्त गर्न विद्यार्थीहरूले आफ्नो एसईई प्रवेशपत्र तथा अभिभावक (आमा वा बाबु) को नागरिकताको फोटोकपी पेश गर्नुपर्नेछ। आवश्यक प्रमाणीकरणपछि सिम सक्रिय गरिनेछ।

    एनसेलले यस अफरमार्फत विद्यार्थीहरूलाई सस्तो र सहज दूरसञ्चार सेवा उपलब्ध गराउनुका साथै डिजिटल शिक्षा र मनोरञ्जनसँग जोड्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार ‘पहिलो सिम’ ले विद्यार्थीहरूलाई साथीभाइ र परिवारसँग सम्पर्कमा रहन र डिजिटल दुनियाँसँग जोडिन सहयोग पुर्‍याउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend