२०८३, आश्विन २० गते

images
  • समाचार
  • देशभर बढ्यो गर्मी : काठमाडौँमा ३०...

देशभर बढ्यो गर्मी : काठमाडौँमा ३० डिग्रीसम्म पुग्ने, तराईमा ३८ डिग्री

देशभर बढ्यो गर्मी : काठमाडौँमा ३० डिग्रीसम्म पुग्ने, तराईमा ३८ डिग्री

आइतवार, बैशाख ६ २०८३०१:०१
आइतवार, बैशाख ६ २०८३०१:०१
  • images

    काठमाडौं । देशभर तापक्रम क्रमशः बढ्दै जाँदा गर्मीको प्रभाव तीव्र हुन थालेको छ। राजधानी काठमाडौं उपत्यकामा पनि आजबाट गर्मी स्पष्ट रूपमा महसुस हुन थालेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियस पुगेको छ भने अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

    तराई क्षेत्रमा भने गर्मी झनै चर्को देखिएको छ। सबैभन्दा बढी तापक्रम भैरहवामा रेकर्ड गरिएको छ, जहाँ न्यूनतम तापक्रम २५.४ डिग्री सेल्सियस पुगेको छ। त्यहाँ आज अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

    मौसमविद्हरूका अनुसार पछिल्लो समय पश्चिमी र स्थानीय वायुको प्रभाव कम हुँदै जाँदा तापक्रम बढ्ने क्रम जारी रहने देखिएको छ। विशेषगरी तराई तथा मधेस क्षेत्रमा अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend