२०८३, आश्विन १९ गते

images
  • समाचार
  • शेखर गोल्छा पक्राउ, सेयर कारोबार प्रकरणमा...

शेखर गोल्छा पक्राउ, सेयर कारोबार प्रकरणमा सीआईबीको अनुसन्धान तीव्र

शेखर गोल्छा पक्राउ, सेयर कारोबार प्रकरणमा सीआईबीको अनुसन्धान तीव्र

बिहिवार, बैशाख १० २०८३०६:४१
बिहिवार, बैशाख १० २०८३०६:४१
  • images

    काठमाडौं । व्यवसायी शेखर गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सेयर कारोबार प्रकरणमा सहयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको सीआईबी प्रमुख मनोज केसीले जानकारी दिएका छन्।

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक प्रतिवेदनअनुसार हिमालयन रि–इन्स्योरेन्सको रकम दुरुपयोग गरी विभिन्न व्यक्तिको नाममा सेयर खरिद तथा राफसाफ गर्न गोल्छाले सहयोग गरेको आरोप छ। सोही प्रकरणमा यसअघि दीपक भट्ट र सुलभ अग्रवाल पक्राउ परिसकेका छन्।

    अनुसन्धानमा हिमालयन रि–इन्स्योरेन्सको अर्बौं रुपैयाँ बक्यौता र शंकास्पद कारोबार देखिएको छ। यद्यपि गोल्छा प्रत्यक्ष लाभग्राही नभए पनि उनको भूमिकामाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend