काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको तथ्य राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले रेमिट्यान्स आप्रबाह बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ ।
अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो। साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ रहेको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको जनाइएको छ ।

