२०८३, आश्विन २० गते

images

नबिल बैंकको दमदार वित्तीय प्रदर्शनः नाफा ६.७६ अर्ब, खराब कर्जा घट्दै सूचकहरूमा आकर्षक सुधार

नबिल बैंकको दमदार वित्तीय प्रदर्शनः नाफा ६.७६ अर्ब, खराब कर्जा घट्दै सूचकहरूमा आकर्षक सुधार

सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३०६:२४
सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३०६:२४
  • images

    काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको नाफासहित अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो ।

    चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ रहेको थियो।

    बैंकको खुद ब्याज आम्दानी समिक्षा अवधिमा ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैकको उक्त आम्दानी १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

    तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबा बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

    समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोडबाट बढेर ३२ अर्ब ५ करोड पुगेको छ भने जगेडा कोष ३१ अर्ब ६२ करोडबाट बढेर ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको हो ।

    यता, बैंकको वितरणयोग्य नाफा समेत २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत बाट घटेर ३.३७ प्रतिशतमा सीमित बनेको छ ।

    चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३३.०२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २४३.३० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend