२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९.३०५...

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९.३०५ ले वृद्धि, नबिल शीर्ष स्थानमा हुँदा कुनको अवस्था कस्तो ?

तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९.३०५ ले वृद्धि, नबिल शीर्ष स्थानमा हुँदा कुनको अवस्था कस्तो ?

मंगलवार, बैशाख १५ २०८३१०:०१
मंगलवार, बैशाख १५ २०८३१०:०१
  • images

    काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासका अधिकांश वाणिज्य बैंकहरुको खुद नाफा बढेको छ। गत वर्षको तेस्रो त्रैमासको तुलनामा चालुू वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा औसतमा १९.३० प्रतिशत वृद्धि भएको हो।

    बैंकहरुद्वारा सार्वजनिक चालु वर्षको त्रेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा २० वाणिज्य बैंकहरुले कुल ४९ अर्ब २१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। गत वर्षको सोही अपधिमा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएका थिए। 

    समीक्षा अवधिमा १३ वाणिज्य बैंकहरुको खुद नाफा ०.३४ प्रतिशतदेखि १३६१.७६ प्रतिशतसम्मले बढेको छ। जसमा सबैभन्दा बढी कुमारी बैंकको र सबैभन्दा कम नेपाल बैंकको खुद नाफा बढेको हो। साथै, उक्त अवधिमा ७ वटा बैंकको खुद नाफा २.९३ प्रतिशतदेखि ५४.६१ प्रतिशतसम्मले घटेको छ। यसमा सबैभन्दा बढी प्रभु बैंकको र सबैभन्दा कम ग्लोबल आइएमई बैंकको घटेको हो।

    673974452_1284904146453491_7061486202071922222_n-1777346120.png

    यस्तै खुद नाफाको परिमाणको आधारमा भने चालू वर्षको तेस्रो त्रैमासमा सबैभन्दा बढी नबिल बैंकले ६ अर्ब ७६ करोड, दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ४० करोड, तेस्रोमा कुमारी बैंकले ४ अर्ब १७ करोड, चौथोमा एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड, पाँचौमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब १३ करोड र छटौंमा प्राइम कर्मसियल बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

    अन्य १४ वाणिज्य बैंकको नाफा भने दुई अर्बभन्दा कम १४ करोड रुपैयाँसम्ममा संकुचित भएको छ। चालू वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंक र एनआइसी एसिया अर्बपति बैंकको सूचीमा पर्न सकेनन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend