२०८३, आश्विन २० गते

images

९ महिनामा विकास बैंकहरूको नाफा ४९% ले उकालो, गरिमा विकासअघि हुँदा कुनको अवस्था कस्तो ?

९ महिनामा विकास बैंकहरूको नाफा ४९% ले उकालो, गरिमा विकासअघि हुँदा कुनको अवस्था कस्तो ?

मंगलवार, बैशाख १५ २०८३१०:४६
मंगलवार, बैशाख १५ २०८३१०:४६
  • images

    काठमाडौँ । विकास बैंकले ९ महिनामा साढे ५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा ५ अर्ब ५० करोड ३५ लाख ७४ हजार रुपैयाँ नाफा कमाएका हुन् ।

    बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१/०८२ को सोहि अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।

    यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्ने विकास बैंकमा गरिमा पहिलो नम्बरमा रहेको छ । ९ महिनामा बैंकले १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको हो । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४२.९१ प्रतिशतले बढी हो ।

    धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको नाफा ३० प्रतिशतले बढेर ९४ करोड २६ लाख रुपैयाँ पुगेको हो ।

    तेस्रो त्रैमाससम्मको अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५३.३८ प्रतिशतले बढेर ७८ करोड ८४ लाख, ज्योति विकास बैंकको १०५ प्रतिशतले बढेर ६२ करोड ९४ लाख र कामना सेवा विकास बैंकको १९.३७ प्रतिशतले बढेर ५८ करोड ८६ लाख रुपैयाँ पुगेको हो ।

    सर्वाधिक नाफा बढाउनेमा लुम्बिनी विकास बैंक अघि रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्मको अवधिको भन्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १०२८ प्रतिशतले बढेर ५६ करोड १६ लाख रुपैयाँ पुगेको हो ।

    यता, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११.५९ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने महालक्ष्मी विकास बैंकको ५.३६ प्रतिशतले बढेर ४५ करोड ९९ लाख रुपैयाँमा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend