२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • उपसभामुख रुबीकुमारी ठाकुर बेहोस, किष्ट मेडिकल...

उपसभामुख रुबीकुमारी ठाकुर बेहोस, किष्ट मेडिकल कलेजमा उपचाररत

उपसभामुख रुबीकुमारी ठाकुर बेहोस, किष्ट मेडिकल कलेजमा उपचाररत

बुधवार, बैशाख १६ २०८३०३:११
बुधवार, बैशाख १६ २०८३०३:११
  • images

    काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् ।

    अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

    ‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको सुगर लेबल एकदमै कम थियो,’ अस्पताल स्रोतले भन्यो, ‘ बेहोसी अवस्थामा हुनुहुन्थो । अहिले होस आएको छ ।’

    प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ । अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend