काठमाडौं । नेप्से बुधबार २५ दशमलव ८१ अंकले घट्दै २७४४ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन पनि परिसूचक २६ दशमलव १६ अंकले घटेको थियो।
आज कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोड रुपैयाँमा सीमित भएको छ। कारोबारमा ३० कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा व्यापार समूह १ दशमलव ०९ प्रतिशत तथा विकास बैंक समूह ० दशमलव १४ प्रतिशतले बढेका छन्। तर उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २ दशमलव २४ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ ० दशमलव ७६, फाइनान्स ० दशमलव ६४, होटल तथा पर्यटन १ दशमलव ६४, जलविद्युत १ दशमलव ४५, लगानी ० दशमलव ६६, जीवन बीमा ० दशमलव ८४, लघुवित्त ० दशमलव ५४, निर्जीवन बीमा १ दशमलव ११ तथा अन्य समूह ० दशमलव ९२ प्रतिशतले घटेका छन्।
कम्पनीगत रूपमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३ दशमलव ८१ प्रतिशतले बढेको छ। त्यसैगरी लक्ष्मी लघुवित्त २ दशमलव ६६, धौलागिरि लघुवित्त २ दशमलव ३३ र भुजुङ जलविद्युत २ दशमलव २६ प्रतिशतले बढेका छन्।
यता शिखर पावरको सेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९२ प्रतिशतले घटेको छ। पाल्पा सिमेन्ट उद्योग ७ दशमलव ७९, त्रिशुली जलविद्युत ६ दशमलव ९८ तथा झापा इनर्जी ५ दशमलव ८३ प्रतिशतले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट उद्योग, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु जलविद्युत र नेसनल जलविद्युत रहेका छन्।

