काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ बिहीबार बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान गोलाप्रथामार्फत सेयर वितरण गरेको हो।
कम्पनीको आईपीओमा मागभन्दा अत्यधिक आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। नतिजाअनुसार ३ लाख ४७ हजार ४९० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी सबै आवेदकको हात खाली भएको छ।
कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ७४ हजार ९०० कित्ता आईपीओ निष्कासन गरेको थियो। आईपीओमा कुल २७ लाख ६८ हजार ७४३ जनाको आवेदन परेकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र स्वीकृत भएको थियो।

