२०८३, आश्विन १९ गते

images
  • विश्व
  • युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना,...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना, सुरक्षा सन्तुलनमा असर पर्ने संकेत

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना, सुरक्षा सन्तुलनमा असर पर्ने संकेत

आइतवार, बैशाख २० २०८३०२:०७
आइतवार, बैशाख २० २०८३०२:०७
  • images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त राज्य अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना सैनिकहरूको सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना अघि बढाइरहेको बताएका छन्। उनले यो कटौती यसअघि सार्वजनिक गरिएको पाँच हजार सैनिक फिर्ताभन्दा अझ ठूलो हुने सङ्केत गरेका छन् ।

    राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले जर्मनीमा आफ्नो सैन्य उपस्थिति ‘धेरै ठूलो मात्रामा’ घटाउनेछ । उनले पत्रकारहरूसँग कुरा गर्दै स्पष्ट रूपमा भने,“ हामी ठूलो मात्रामा कटौती गर्दैछौँ, र यो पाँच हजार भन्दा पनि धेरै हुनेछ ।”

    यसअघि अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने योजना सार्वजनिक गरेको थियो । तर राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उक्त योजनाभन्दा अझ व्यापक सैन्य कटौती हुन सक्ने सङ्केत दिएको छ ।

    जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले भने अमेरिकी सैनिकहरूको केही सङ्ख्या घटाउने निर्णय अपेक्षित रहेको बताउँदै युरोपेली देशहरूले आफ्नो रक्षा क्षमतामा थप जिम्मेवारी लिनुपर्नेमा जोड दिए । यद्यपि, उनले अमेरिका–युरोप सुरक्षा साझेदारी दुवै पक्षका लागि लाभदायक रहेको पनि उल्लेख गरे ।

    यस निर्णयले वासिङ्टनमा दुवै प्रमुख राजनीतिक दलका केही नेताहरूबाट आलोचना र चिन्ता उत्पन्न गरेको छ । कतिपयले यस्तो कदमले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई गलत सन्देश जाने चेतावनी दिए ।

    यसैबीच, ट्रम्प प्रशासनले युरोपेली देशहरूको रक्षा र व्यापार नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । विशेष गरी युरोपेली सङ्घसँगको व्यापार सम्झौता कार्यान्वयन नभएको आरोप लगाउँदै, आगामी दिनमा युरोपेली गाडी तथा ट्रकमा भन्सार कर वृद्धि गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

    विश्लेषकहरूका अनुसार जर्मनीमा अमेरिकी सैनिक उपस्थिति लामो समयदेखि नाटो अन्तर्गत युरोपेली सुरक्षा संरचनाको महत्वपूर्ण आधार मानिँदै आएको छ । यस्तो अवस्थामा ठूलो मात्रामा सैनिक कटौतीले अमेरिका–युरोप सम्बन्ध र क्षेत्रीय सुरक्षा सन्तुलनमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend