२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मन्त्रालय पुनर्संरचना एजेन्डासहित बालेनले बोलाए मन्त्रिपरिषद्...

मन्त्रालय पुनर्संरचना एजेन्डासहित बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

मन्त्रालय पुनर्संरचना एजेन्डासहित बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

सोमवार, बैशाख २१ २०८३०७:३०
सोमवार, बैशाख २१ २०८३०७:३०
  • images

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठक आज साढे १० बजे बोलाइएको हो । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ ।

    आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्रोतका अनुसार हालका चार मन्त्रालय खारेज हुँदैछन् ।

    त्यस्तै, अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्नेगरी काम अन्तिम चरणमा पुगेको छ । ‘४ वटा मन्त्रालय खारेज भएर ६ वटाको नाम फेरिनेछन् । केहीलाई भने हाल रहेका मन्त्रालयबाट छुट्टाएर प्रधानमन्त्री मातहत नै राखिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले त्यससम्बन्धी खाका आजको मन्त्रिपरिषद् बैठकमा पेस हुने जनाकारी दिए ।

    मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल पनि बनाएको थियो ।

    कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा टेकेर सरकारले यस्तो तयारी गरेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend