२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • निजामती कर्मचारीका ट्रेड युनियन कार्यालय बन्द...

निजामती कर्मचारीका ट्रेड युनियन कार्यालय बन्द गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

निजामती कर्मचारीका ट्रेड युनियन कार्यालय बन्द गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

बुधवार, बैशाख २३ २०८३१२:१०
बुधवार, बैशाख २३ २०८३१२:१०
  • images

    काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयअन्तर्गत प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले जारी गरेको पत्रमार्फत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८३ अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज भएको जानकारी गराउँदै सम्बन्धित कार्यालयलाई आवश्यक कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयले मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा अन्य निकायमा रहेका आधिकारिक ट्रेड युनियनसहित विभिन्न समितिका कार्यालय बन्द गर्न भनेको छ । साथै ट्रेड युनियन प्रयोजनका लागि प्रयोग हुँदै आएका कार्यालय भवन, कार्यकक्ष, सवारी साधन तथा अन्य सरकारी सम्पत्ति फिर्ता लिन पनि निर्देशन दिइएको छ ।

    पत्रमा ट्रेड युनियनका विभिन्न समितिमा आबद्ध कर्मचारीलाई तोकिएको दरबन्दीअनुसार नियमित कार्य जिम्मेवारीमा खटाउन अनुरोध गरिएको छ ।

    शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित उक्त पत्र सचिवस्तरीय निर्णयअनुसार जारी गरिएको जनाइएको छ ।

    688777307_10242603038198322_326153318922358452_n.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend