२०८३, भाद्र १३ गते

images
  • बैंक बित्त
  • नेपाल एसबिआई बैंकद्वारा वीरगञ्जको विद्यालयमा शैक्षिक...

नेपाल एसबिआई बैंकद्वारा वीरगञ्जको विद्यालयमा शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा वीरगञ्जको विद्यालयमा शैक्षिक सामग्री वितरण

images
सीएनएन खबर
बिहिवार, बैशाख ३१ २०८३१२:०३
सीएनएन खबर
बिहिवार, बैशाख ३१ २०८३१२:०३
  • काठमाडौँ । नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व  कार्यक्रमअन्तर्गत पर्साको वीरगञ्जस्थित श्री महानगरपालिका आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

    बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि उक्त सामग्री हस्तान्तरण गरेको हो । आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले विद्यालयका प्रधानाध्यापकलाई सामग्री हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, मधेश प्रदेश प्रमुख रितेश अर्याललगायत बैंक तथा विद्यालयका पदाधिकारी र शिक्षकहरूको उपस्थिति रहेको थियो ।

    बैंकले शिक्षा क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम समय–समयमा सञ्चालन गर्दै आएको जनाएको छ ।

    नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय तथा १२७ एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend