२०८३, आश्विन २० गते

images
  • समाचार
  • विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई...

विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई  निःशुल्क उपचार

विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई  निःशुल्क उपचार

शनिवार, आश्विन १२ २०८१०७:३९
शनिवार, आश्विन १२ २०८१०७:३९
  • images

    काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूलाई वर्षा र बाढीबाट भएको विपद्का घटनाबाट उद्धार गरिएका घाइते बिरामीहरूलाई  निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रादेशिक स्वास्थ्य, आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूले आपत्कालीन अवस्थामा स्वास्थ्य सम्बन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्न आग्रह गरेका हुन् । 

    जारी विज्ञप्तिमा केही दिन देखि नेपालको अधिकांश क्षेत्रमा मौसममा बदलाव आई मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहितको वर्षाका कारणले निम्ताएको प्राकृतिक प्रकोपले जनमानसको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको र भविष्यमा थप पार्न सक्ने भएकोले सबै स्वास्थ्य संस्था र सम्बन्धित सरोकारवालाहरूलाई सतर्क रही उपचारमा सहयोग गर्न आग्रह गरिएको छ ।  

    nisulka.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend