२०८३, आश्विन १९ गते

images

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

सीएनएन खबर
बिहिवार, आषाढ १३ २०८११०:४७
सीएनएन खबर
बिहिवार, आषाढ १३ २०८११०:४७
  • images

    काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । 

    ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो । 

    टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले आठ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

    दक्षिणअफ्रिकाको लागि रिजा हेन्ड्रिकसले सर्वाधिक २९ रनको योगदान दिएभने कप्तान कप्तान ऐडन मारक्रमले २३ रन बनाए । 

    अफगानिस्तानका लागि अजमतुल्लाह ओमार्जाइले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend