२०८३, आश्विन १९ गते

images
  • समाचार
  • ३० अंकले बढ्यो बजार, कारोबार ३...

३० अंकले बढ्यो बजार, कारोबार ३ अर्ब ८२ करोड पुग्यो

३० अंकले बढ्यो बजार, कारोबार ३ अर्ब ८२ करोड पुग्यो

बुधवार, जेठ ६ २०८३०३:२९
बुधवार, जेठ ६ २०८३०३:२९
  • images

    काठमाडौं । बुधबार सेयर बजारमा उत्साह देखिएको छ। अघिल्लो दिन ६ अंकले घटेको नेप्से परिसूचक आज ३०.०८ अंकले बढेर २७५४ अंकमा पुगेको छ।

    कारोबार रकम पनि बढ्दै ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। आज २४८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको घटेको छ भने एनएलजी इन्स्योरेन्सको मूल्य स्थिर रह्यो।

    सबै समूहका सूचक हरियो हुँदा हाइड्रोपावर र होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८९ प्रतिशतले बढे। अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले उकालो लागेको छ।

    त्यस्तै माउन्टेन हाइड्रो नेपाल, बुंगल हाइड्रो, शिखर पावर र सिटी होटलका लगानीकर्ताले पनि राम्रो नाफा कमाएका छन्। कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर अगाडि रहे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend