२०८३, आश्विन १९ गते

images
  • विश्व
  • ह्वाइट हाउसनजिकै गोली चल्यो, कस्तो छ...

ह्वाइट हाउसनजिकै गोली चल्यो, कस्तो छ डोनाल्ड ट्रम्पको अवस्था ?

ह्वाइट हाउसनजिकै गोली चल्यो, कस्तो छ डोनाल्ड ट्रम्पको अवस्था ?

आइतवार, जेठ १० २०८३०७:२९
आइतवार, जेठ १० २०८३०७:२९
  • images

    काठमाडौँ । अमेरिकाको ह्वाइट हाउसनजिक सुरक्षा जाँच चौकीमा गोली चलेको छ । शनिबार साँझ वाशिङ्टन डीसीस्थित १७औँ सडक र पेन्सिल्भेनिया एभिन्यूको चेकपोइन्टमा गोली चलेको हो ।

    गोली चलेपछि अमेरिकाको गुप्तचर सेवाका सुरक्षाकर्मीले ती गोली चलाउने व्यक्तिलाई गोली हानी मारेका छन् । ती व्यक्ति सर्वसाधारण रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

    ती व्यक्तिले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा उनी घाइते भएका थिए र अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको छ ।

    घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेका थिए, तर उनी सुरक्षित रहेको जनाइएको छ । गोलीकाण्डपछि ह्वाइट हाउस क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

    घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् । अनुसन्धान जारी रहेको भन्दै आक्रमणकारीको पहिचान र उद्देश्य सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend