काठमाडौँ । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘Ather Nepal’ ले झापाको बिर्तामोडमा आफ्नो नयाँ ‘Ather Experience Center’ सञ्चालनमा ल्याएको छ। नयाँ केन्द्रको उद्घाटनसँगै कम्पनीले नेपालभर विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने अभियानलाई थप सशक्त बनाएको जनाएको छ।
बिर्तामोडस्थित नयाँ Experience Center को औपचारिक उद्घाटन आइतबार Bhurtel Energy Pvt. Ltd. को डिलर व्यवस्थापन अन्तर्गत सम्पन्न भएको हो। कम्पनीका अनुसार यो विस्तार नेपालमा स्मार्ट, आधुनिक र दिगो यातायात समाधानलाई ग्राहकसम्म पुर्याउने रणनीतिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो।
नयाँ केन्द्र सञ्चालनसँगै Ather Nepal का देशभर Experience Center को संख्या ११ पुगेको छ। काठमाडौं उपत्यकाभित्र ५ वटा केन्द्र सञ्चालनमा रहेका छन् भने पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा कम्पनीले आफ्नो उपस्थिति विस्तार गरेको छ। ग्राहकलाई सहज बिक्रीपछिको सेवा उपलब्ध गराउन देशभर १० वटा Authorized Service Centers समेत सञ्चालनमा छन्।
कम्पनीले दुईपांग्रे EV सेग्मेन्टमा सबैभन्दा लामो ८ वर्षसम्मको Extended Battery Warranty उपलब्ध गराउँदै आएको जनाएको छ। नयाँ Experience Center मा कम्पनीका performance-focused ‘Ather 450 Series’ तथा family-oriented ‘Ather Rizta’ स्कुटरहरू उपलब्ध हुनेछन्।
Ather 450 Series उच्च प्रदर्शन, स्मार्ट प्रविधि तथा प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको स्कुटर हो। यसमा Google Maps आधारित navigation, AutoHold, Fall Safe, reverse mode, विभिन्न ride modes तथा touchscreen dashboard जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।
त्यसैगरी, Ather Rizta दैनिक प्रयोग र पारिवारिक आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो। विशाल सिट, ठूलो storage capacity, traction control, tow तथा theft alerts, dashboard मा WhatsApp notifications लगायतका सुविधाले यसलाई आधुनिक परिवारका लागि उपयुक्त विकल्प बनाएको कम्पनीको दाबी छ।
Experience Center मा ग्राहकहरूले स्कुटरहरूको live display, product demonstration, test ride, financing तथा exchange सुविधा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्। साथै EV ownership, charging solution तथा connected technology सम्बन्धी परामर्श पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।
बिर्तामोडमै कम्पनीको आफ्नै service center सञ्चालनमा आएसँगै ग्राहकहरूले सहज र भरपर्दो after-sales service प्राप्त गर्नेछन्। आवश्यक spare parts उपलब्धतासहित प्रयोगकर्तालाई अझ विश्वस्त सेवा अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीको छ।
Ather Nepal ले देशभर आफ्नो fast-charging network पनि विस्तार गरिरहेको जनाएको छ। हाल ४० भन्दा बढी ‘Ather Grid’ fast charging stations सञ्चालनमा छन्। प्रदेश १ मा बिर्तामोडस्थित 3 Degree Cafe, धरानस्थित CSE Office Automation तथा इटहरीस्थित Ather Experience Center मा fast charging सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार बिर्तामोड Experience Center को उद्घाटनले नेपालको प्रमुख शहरहरूमा premium electric mobility लाई सहज रूपमा उपलब्ध गराउने दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ। साथै innovation, smart technology तथा customer-first service मार्फत विश्वस्तरीय EV ownership experience प्रदान गर्ने प्रतिबद्धता पनि यसले झल्काएको छ।
Ather Birtamod को grand opening अवसरमा कम्पनीले जेठ १७ सम्म विशेष अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत Extended Battery Warranty, ० प्रतिशत ब्याजदरमा financing सुविधा तथा आकर्षक exchange valuation benefits उपलब्ध गराइने जनाएको छ।
नेपालमा Ather electric two-wheelers को आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले नेपाललाई स्वच्छ, दिगो तथा वातावरणमैत्री यातायाततर्फ अग्रसर गराउने उद्देश्यसहित innovative र customer-focused EV solutions प्रदान गर्दै आएको जनाएको छ।

