काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा क्षेत्रका ७ प्रमुख आयोजना तथा संस्थामा १३ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
रेडबुकअनुसार सबैभन्दा धेरै बजेट ‘विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना’का लागि ३ अर्ब २६ करोड ७३ लाख रुपैयाँ छुट्याइएको छ। त्यस्तै, सासेक विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनालाई २ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका लागि २ अर्ब ३ करोड ५५ लाख रुपैयाँ, १३२ केभी तथा अन्य प्रसारण लाइन विस्तार आयोजनाका लागि २ अर्ब २१ करोड ६१ लाख ८८ हजार रुपैयाँ र बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ।
त्यसैगरी, विद्युत् उत्पादन कम्पनी लिमिटेडलाई १ अर्ब रुपैयाँ र अपर अरुण जलविद्युत् आयोजना कम्पनी लिमिटेडलाई ४८ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
सरकारको यो विनियोजनले जलविद्युत् उत्पादनसँगै प्रसारण र वितरण प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राखिएको देखाएको छ।

