२०८३, आश्विन २० गते

images
  • अटो
  • नेपालमा जिडब्लुएमको नयाँ इन्ट्री, प्रिमियम इभी...

नेपालमा जिडब्लुएमको नयाँ इन्ट्री, प्रिमियम इभी सेग्मेन्टमा प्रतिस्पर्धा थप चर्किने

नेपालमा जिडब्लुएमको नयाँ इन्ट्री, प्रिमियम इभी सेग्मेन्टमा प्रतिस्पर्धा थप चर्किने

बुधवार, जेठ २० २०८३०४:१२
बुधवार, जेठ २० २०८३०४:१२
  • images

    काठमाडौँ । विश्व अटोमोबाइल उद्योगमा विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा तीव्र विस्तार गरिरहेको Great Wall Motor (जिडब्लुएम) ले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ। कम्पनीले औपचारिक रूपमा मोडल सार्वजनिक नगरे पनि प्रारम्भिक विवरण सार्वजनिक हुन थालेपछि ईभी बजारमा उत्सुकता बढेको छ।

    विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको जिडब्लुएमले नेपाली उपभोक्तालाई लक्षित गर्दै लामो दूरी क्षमता, स्मार्ट प्रविधि र उच्च सुरक्षा सुविधासहितको नयाँ विद्युतीय एसयूभी बजारमा ल्याउन लागेको स्रोतले जनाएको छ।

    प्राप्त विवरणअनुसार नयाँ ईभीमा एकपटकको पूर्ण चार्जमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध हुने अपेक्षा गरिएको छ। गाडीमा अत्याधुनिक स्मार्ट डिजिटल ककपिट, उन्नत कनेक्टिभिटी प्रणाली तथा चालकलाई सहज अनुभव प्रदान गर्ने विभिन्न प्रविधि समावेश हुने बताइएको छ।

    डिजाइनका दृष्टिले पनि नयाँ एसयूभीलाई कम्पनीले विशेष प्राथमिकता दिएको छ। आकर्षक बाह्य बनावट, आधुनिक प्रकाश प्रणाली, फराकिलो इन्टेरियर तथा प्रिमियम फिनिसिङले यसलाई प्रतिस्पर्धी ईभी बजारमा अलग पहिचान दिलाउने अपेक्षा गरिएको छ।

    सुरक्षाका हिसाबले गाडीमा बहुस्तरीय चालक सहायता प्रणाली (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम–एडास) समावेश हुने जनाइएको छ। यसअन्तर्गत लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट मनिटरिङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोललगायत सुविधा रहने अनुमान गरिएको छ।

    कम्पनीले नयाँ मोडलमा ३६० डिग्री क्यामेरा प्रणाली, पारदर्शी चेसिस प्रविधि तथा गाडीमुनिको दृश्यसमेत अवलोकन गर्न सकिने स्मार्ट भिजुअल प्रणाली उपलब्ध गराउने तयारी गरेको बताइएको छ। यसले साँघुरा सडक तथा अफरोड यात्रामा चालकलाई थप आत्मविश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।

    यसका साथै उद्योगकै अग्रणी ब्याट्री सुरक्षा प्रणाली, बहुस्तरीय ताप व्यवस्थापन प्रविधि तथा दुर्घटना जोखिम न्यूनीकरण गर्ने स्मार्ट सेफ्टी फिचरहरू पनि समावेश गरिने जनाइएको छ।

    आरामदायी यात्रालाई ध्यानमा राख्दै विद्युतीय रूपमा समायोजन गर्न मिल्ने प्रिमियम सिट, भेन्टिलेसन सुविधा, स्मार्ट भ्वाइस कन्ट्रोल, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली तथा कृत्रिम बुद्धिमत्तामा आधारित विभिन्न सुविधाहरू उपलब्ध हुने अपेक्षा गरिएको छ।

    नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। सरकारी प्रोत्साहन, चार्जिङ पूर्वाधार विस्तार तथा इन्धन खर्च बचतका कारण ईभी बजार विस्तार भइरहेको अवस्थामा जिडब्लुएमको नयाँ एसयूभीलाई बजारको अर्को महत्वपूर्ण प्रतिस्पर्धी उत्पादनका रूपमा हेरिएको छ।

    कम्पनीले मोडलको आधिकारिक नाम, मूल्य तथा बिक्री प्रारम्भ हुने मितिबारे भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन। निकट भविष्यमा विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ।

    सम्भावित प्रमुख विशेषताहरू

    एकपटकको चार्जमा करिब ५२० किलोमिटरसम्मको रेन्ज
    स्मार्ट डिजिटल ककपिट र उन्नत कनेक्टिभिटी सुविधा
    ३६० डिग्री क्यामेरा तथा पारदर्शी चेसिस प्रविधि
    उन्नत चालक सहायता प्रणाली (एडास)
    बहुस्तरीय ब्याट्री सुरक्षा प्रणाली
    स्मार्ट भ्वाइस कन्ट्रोल र कृत्रिम बुद्धिमत्तामा आधारित सुविधा
    विद्युतीय रूपमा समायोजन गर्न मिल्ने प्रिमियम सिट
    सहर तथा राजमार्ग दुवैका लागि बहुविध ड्राइभिङ मोड
    आधुनिक डिजाइन र प्रिमियम इन्टेरियर
    विश्वव्यापी अनुभवमा आधारित अत्याधुनिक इन्जिनियरिङ प्रविधि

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend