२०८३, आश्विन २० गते

images
  • समाचार
  • करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण :...

करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य

करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य

मंगलवार, जेठ २६ २०८३११:००
मंगलवार, जेठ २६ २०८३११:००
  • images

    काठमाडौं । यशोधा फुड्स प्रा.लि. ले ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउको एक निश्चित ब्याचमा मात्र गुणस्तरसम्बन्धी समस्या देखिएको स्पष्ट गर्दै अन्य सबै ब्याचका उत्पादन उपभोग गर्न सुरक्षित रहेको जनाएको छ।

    कम्पनीले जारी गरेको सूचनाअनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटमा मात्र खाद्य गुणस्तरसँग सम्बन्धित समस्या देखिएको हो। उक्त ब्याचबाहेक अन्य मितिमा उत्पादित तथा फरक ब्याच नम्बर भएका सबै उत्पादन पूर्ण रूपमा खान योग्य रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेखित उत्पादन मिति र ब्याच नम्बरको चाउचाउ बाहेक अन्य सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिनेछ।

    “उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको करेन्ट हट एण्ड स्पाइसी १०० ग्राम चाउचाउबाहेक अन्य मितिमा उत्पादित वा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू सुरक्षित रूपमा उपभोग गर्न सकिन्छ,” कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

    यशोधा फुड्सले उपभोक्ता, खुद्रा विक्रेता तथा आधिकारिक वितरकहरूलाई अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै समस्याग्रस्त ब्याचबाहेकका उत्पादनहरू ढुक्क भएर बिक्री–वितरण तथा उपभोग गर्न अनुरोध गरेको छ।

    कम्पनीले गुणस्तर र उपभोक्ताको स्वास्थ्यप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend