२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • इप्पानको २४औँ साधारणलाई लिएर अध्यक्ष र...

इप्पानको २४औँ साधारणलाई लिएर अध्यक्ष र महासचिवबीच आरोप–प्रत्यारोप

इप्पानको २४औँ साधारणलाई लिएर अध्यक्ष र महासचिवबीच आरोप–प्रत्यारोप

बुधवार, जेठ २७ २०८३०३:०५
बुधवार, जेठ २७ २०८३०३:०५
  • images

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान भित्र संस्थागत विधान कार्यान्वयन र आगामी निर्वाचन प्रक्रियालाई लिएर तीव्र विवाद देखिएको छ। यही जेठ २९ गते हुने २४औँ वार्षिक साधारणसभाअघि नेतृत्व तहका पदाधिकारीबीच सार्वजनिक आरोप–प्रत्यारोप बढेको हो।

    उपमहासचिव प्रकाश चन्द्र दुलालले अध्यक्ष गणेश कार्कीद्वारा जारी प्रेस विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाउँदै संस्थाभित्रको निर्णय कार्यान्वयन प्रक्रिया नै विवादमा परेको बताएका छन्।

    दुलालका अनुसार २१औँ साधारणसभाले आईपीपीएएनलाई महासंघ ९फेडेरेसन० स्वरूपमा रूपान्तरण गर्ने र विधान पुनर्लेखन गर्ने निर्णय गरेको थियो। पछि २३औँ साधारणसभाले उक्त मस्यौदा अनुमोदन गर्दै कार्यान्वयनको जिम्मेवारी अध्यक्षलाई दिएको दाबी पनि उनले गरेका छन्।

    तर वर्तमान कार्यसमितिले ती निर्णयहरू कार्यान्वयन नगरी उल्टै निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। “साधारणसभाबाट पारित निर्णयलाई कार्यसमितिको बैठकले उल्ट्याउन मिल्दैन,” भन्दै उनले यस्तो अभ्यासलाई कानुनी तथा संस्थागत रूपमा गलत भएको टिप्पणी गरेका छन्।

    विवादको अर्को पक्षमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने र सबै पदमा खुला प्रतिस्पर्धा गर्ने गरी विधान संशोधन प्रस्ताव २४औँ साधारणसभामा लैजाने विषय पनि समावेश छ। यसले संस्थाभित्र नेतृत्व चयन प्रक्रियालाई अझ खुला बनाउने तर्क गरिएको छ।

    यसैबीच, आईपीपीएएनका सल्लाहकार भानुभक्त पोखरेल संयोजकत्वमा बनेको विधान संशोधन तथा पुनर्लेखन समितिको प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको उल्लेख गर्दै दुलालले त्यसलाई कार्यान्वयन नगरी पुनः संशोधन प्रस्ताव ल्याउनु गलत अभ्यास भएको बताएका छन्।

    उपमहासचिव दुलालले अध्यक्षद्वारा जारी विज्ञप्तिमा तथ्य तोडमोड गरिएको र संस्थाको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा असर पार्ने गरी धारणा सार्वजनिक गरिएको आरोपसमेत लगाएका छन्।

    आईपीपीएएनले ऊर्जा क्षेत्रका निजी उत्पादकहरूको साझा छाता संगठनका रूपमा काम गर्दै आएको छ। तर पछिल्लो विवादले आगामी साधारणसभा र निर्वाचन प्रक्रियामै अनिश्चितता बढाएको देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend