२०८३, आश्विन १९ गते

images
  • अटो
  • एकै दिन २०८ वटा एथर स्कुटर...

एकै दिन २०८ वटा एथर स्कुटर हस्तान्तरण, नेपालमा नयाँ कीर्तिमान

एकै दिन २०८ वटा एथर स्कुटर हस्तान्तरण, नेपालमा नयाँ कीर्तिमान

शुक्रवार, जेठ २९ २०८३०१:२८
शुक्रवार, जेठ २९ २०८३०१:२८
  • images

    काठमाडौँ । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा एथर विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ।

    कम्पनीले बुधबार आयोजना गरेको विशेष ‘मेगा डेलिभरी’ कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका ग्राहकलाई स्कुटर हस्तान्तरण गरिएको हो। कम्पनीका अनुसार एकै दिन यति ठूलो संख्यामा विद्युतीय स्कुटर हस्तान्तरण हुनु नेपाली ईभी बजारका लागि महत्वपूर्ण उपलब्धि हो।

    यस उपलब्धिले नेपाली उपभोक्तामाझ एथर ब्रान्डप्रतिको बढ्दो विश्वास, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।

    कार्यक्रममा सहभागी ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै विद्युतीय सवारीसाधनतर्फ नेपालमा भइरहेको तीव्र रूपान्तरणप्रति उत्साह व्यक्त गरेका थिए। पछिल्लो समय इन्धनमा निर्भरता घटाउने, सञ्चालन खर्च कम गर्ने तथा वातावरणमैत्री यातायात रोज्ने उपभोक्ताको प्रवृत्ति बढ्दै गएको छ।

    कार्यक्रमका अवसरमा वैद्य इनर्जी प्रालिका प्रतिनिधिहरूले एथरप्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणालीको विकासमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए।

    कम्पनीका अनुसार एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्डका रूपमा थप सशक्त बनाएको छ। साथै, यसले नेपाली बजारमा भरपर्दो, नवप्रवर्तनयुक्त तथा उच्च गुणस्तरका विद्युतीय सवारीसाधनप्रतिको माग तीव्र रूपमा बढिरहेको संकेतसमेत दिएको छ।

    नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुँदै जाँदा एथरले नवीन प्रविधि, स्मार्ट फिचर र ग्राहक केन्द्रित सेवामार्फत आफ्नो उपस्थिति थप मजबुत बनाउँदै लगेको कम्पनीको दाबी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend