२०८३, आश्विन १९ गते

images
  • अटो
  • साउन २६ देखि भृकुटीमण्डपमा नाइमा मोबिलिटी...

साउन २६ देखि भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो, ४९ ब्रान्डको सहभागिता हुने

साउन २६ देखि भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो, ४९ ब्रान्डको सहभागिता हुने

सीएनएन खबर
आइतवार, जेठ ३१ २०८३११:०३
सीएनएन खबर
आइतवार, जेठ ३१ २०८३११:०३
  • images

    काठमाडौँ । काठमाडौं, ३१ जेठ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

    नाइमाले आइतबार पारदर्शी चिठ्ठा प्रक्रियामार्फत चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका कुल ४९ ब्रान्डलाई ४९ वटा स्टल बाँडफाँड गरेको हो। जसमध्ये २६ वटा स्टल चार पांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुई पांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको छ।

    स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्य ले नाइमा नेपाल मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको बताईन । उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले एक्स्पोको महत्व थप पुष्टि गरेको उनको भनाइ थियो।

    उनले एक्स्पोलाई केवल सवारी साधन प्रदर्शनीमा सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता ९मोबिलिटी० प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको उल्लेख गरिन । प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै उहाँले निर्धारित समयसीमा सकिएपछि पनि विभिन्न कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध प्राप्त भइरहेको बताईन ।

    उपलब्ध स्थान तथा सम्भावनाको मूल्याङ्कन गरी विशेषगरी नाइमा सदस्य कम्पनीहरूलाई प्राथमिकता दिँदै यस्ता अनुरोधलाई सम्बोधन गर्ने प्रयास गरिने अध्यक्ष वैद्यले जानकारी दिइन ।

    नाइमा नेपाल मोबिलिटी एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदा ले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु प्रदर्शनीप्रति उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए ।

    उनले उद्योग क्षेत्रबाट प्राप्त सहयोग र सहभागिताले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई नेपालकै सबैभन्दा ठूलो तथा प्रभावशाली मोबिलिटी प्रदर्शनीका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको प्रदर्शनी अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल ले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी, निष्पक्ष तथा पूर्वनिर्धारित मापदण्डअनुसार सम्पन्न गरिएको बताए । नेपालका अधिकांश प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागिता सुनिश्चित भइसकेको र सहभागी कम्पनी, साझेदार संस्था तथा अन्य सरोकारवालासँगको सहकार्यमा तयारीलाई व्यवस्थित रूपमा अगाडि बढाइएको उनले जानकारी दिए ।

    आयोजकका अनुसार एक्स्पोमा सवारी साधन, मोबिलिटी समाधान, अत्याधुनिक प्रविधि तथा नवप्रवर्तनका नवीनतम प्रवृत्तिहरू प्रदर्शन गरिनेछन्। साथै नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा ज्ञानमूलक अन्तरक्रियात्मक सत्रहरू समेत समावेश गरिनेछन्।

    एक्स्पोले उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको वर्तमान र भविष्यबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    नाइमा नेपालका मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधिमूलक संस्था हो, जसले ‘मोबिलिटी फर अल’ अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवर्द्धन तथा नीतिगत सहकार्यका लागि साझा मञ्चको भूमिका निर्वाह गर्दै आएको छ।

    प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्स ९एमएसएस० ले गर्नेछ। डिजिटल मिडिया साझेदारका रूपमा डिजिटल सोलुसन्स तथा प्रकाशन साझेदारका रूपमा प्रोफिट मिडिया आबद्ध रहनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend