२०८३, आश्विन १९ गते

images

एथर एक्सपिरियन्स सेन्टर अब वीरगञ्जमा

एथर एक्सपिरियन्स सेन्टर अब वीरगञ्जमा

बिहिवार, आषाढ ४ २०८३०३:०४
बिहिवार, आषाढ ४ २०८३०३:०४
  • images

    काठमाडौँ । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले वीरगञ्जमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने अभियानलाई थप मजबुत बनाएको जनाएको छ।

    वीरगञ्जको आदर्शनगरस्थित नयाँ एक्सपिरियन्स सेन्टर गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको हो। जुन १८ देखि सेवा सुरु गरेको उक्त केन्द्रमार्फत मधेश प्रदेशका ग्राहकहरूले एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटरहरू सहज रूपमा अवलोकन, परीक्षण तथा खरिद गर्न सक्नेछन्।

    नयाँ केन्द्र सञ्चालनमा आएपछि एथर नेपालको देशभर रहेका एक्सपिरियन्स सेन्टरको संख्या १२ पुगेको छ। काठमाडौं उपत्यकाका पाँच केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्जमा एथरका एक्सपिरियन्स सेन्टर सञ्चालनमा रहेका छन्।

    कम्पनीका अनुसार ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा प्रदान गर्न देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टरको सञ्जाल विस्तार गरिएको छ। साथै, एथरले आफ्ना ग्राहकलाई आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ।

    वीरगञ्जस्थित नयाँ एक्सपिरियन्स सेन्टरमा एथर ४५० सिरिज र परिवारमैत्री एथर रिज्टा स्कुटर उपलब्ध छन्। एथर ४५० सिरिजमा गुगल म्याप्समा आधारित नेभिगेसन, अटोहोल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइड मोड तथा टचस्क्रिन ड्यासबोर्डजस्ता अत्याधुनिक सुविधा रहेका छन्।

    त्यस्तै, एथर रिज्टा परिवार तथा दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको स्कुटर हो। यसमा फराकिलो सिट, ठूलो अन्डर–सिट स्टोरेज, ट्र्याक्सन कन्ट्रोल, टो एन्ड थेफ्ट अलर्ट, ह्वाट्सएप नोटिफिकेसन सुविधा तथा आरामदायी राइडिङ अनुभव उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    नयाँ केन्द्रमा ग्राहकहरूले एथरका सम्पूर्ण मोडल अवलोकन गर्न, प्रत्यक्ष उत्पादन अनुभव लिन, टेस्ट राइड गर्न तथा फाइनान्सिङ र एक्सचेन्ज योजनाबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

    विद्युतीय सवारीसाधनको पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै एथर नेपालले देशभर ४० भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ। प्रमुख सहर तथा राजमार्गहरूमा फैलिएको उक्त चार्जिङ सञ्जालले प्रयोगकर्तालाई सहज र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउँदै आएको छ।

    नयाँ एक्सपिरियन्स सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले असार १२ गतेसम्म विशेष अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशतसम्म ब्याजदरमा फाइनान्सिङ सुविधा तथा एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ।

    एथर इनर्जीको नेपालका लागि आधिकारिक तथा एकमात्र वितरक वैद्य इनर्जी प्रालिले देशभर एक्सपिरियन्स सेन्टर, सर्भिस सेन्टर तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै स्वच्छ, दिगो र प्रविधिमैत्री यातायात प्रणाली निर्माणमा योगदान पुर्‍याइरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend