२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • गगन, बाबुराम, उपेन्द्रदेखि सीकेसम्म, रास्वपा महाधिवेशनमा...

गगन, बाबुराम, उपेन्द्रदेखि सीकेसम्म, रास्वपा महाधिवेशनमा शीर्ष नेताको जमघट

गगन, बाबुराम, उपेन्द्रदेखि सीकेसम्म, रास्वपा महाधिवेशनमा शीर्ष नेताको जमघट

आइतवार, आषाढ ७ २०८३०३:२८
आइतवार, आषाढ ७ २०८३०३:२८
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबार भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्।

    महाधिवेशन उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।

    उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा नेता वर्षमान पुन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेताहरू सहभागी भएका छन्।

    rajendra lingend.jpg

    रास्वपाको इतिहासमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

    महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यसूची तय गरेको छ। त्यसअघि पार्टीले विधान संशोधन प्रक्रिया सम्पन्न गरिसकेको छ। संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने व्यवस्था गरिएको छ।

    रास्वपाले महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्ने तयारी गरेको जनाएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनमा नीति, संगठन, नेतृत्व तथा भावी रणनीतिका विषयमा व्यापक छलफल हुने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend