२०८३, आश्विन २० गते

images
  • अटो
  • जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच सम्झौता

मंगलवार, आषाढ ९ २०८३०७:५१
मंगलवार, आषाढ ९ २०८३०७:५१
  • images

    काठमाडौँ ।निर्माण तथा पूर्वाधार क्षेत्रमा प्रयोग हुने आधुनिक उपकरणको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले एमएडब्लु अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

    सम्झौताअनुसार अब जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकले ग्लोबल आइएमई बैंकमार्फत विशेष हायर पर्चेज कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले नेपाल राष्ट्र बैंकको प्रचलित मापदण्डअनुसार लागू हुने ‘लोन टु भ्यालु’ (एलटीभी) अनुपातका आधारमा उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ।

    समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका थिए।

    सम्झौताअन्तर्गत आवश्यक कागजात तथा प्रक्रिया पूरा भएको एक साताभित्र ग्राहकलाई डेलिभरी अर्डर (डीओ) जारी गरिने व्यवस्था गरिएको छ। यस योजनाअनुसार जेसीबी उपकरण खरिदका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि उपलब्ध हुनेछ।

    दुवै संस्थाले यस सहकार्यबाट निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्। साथै, कर्जा स्वीकृति प्रक्रिया छरितो बनाउँदै साना तथा मझौला व्यवसायीलाई पनि आधुनिक निर्माण उपकरणमा लगानी गर्न प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।

    एमएडब्लु अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल, जेसीबी उपकरणको विश्वसनीयता तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिद, सञ्चालन तथा मर्मतसम्भारसम्म एकीकृत र भरपर्दो समाधान प्रदान गर्ने विश्वास लिइएको छ।

    दुवै संस्थाले नेपालको निर्माण तथा पूर्वाधार विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित आगामी दिनमा थप ग्राहकमैत्री तथा व्यवसाय प्रवर्द्धनमुखी सेवाहरू विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend