२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • क्रिकेटका पुर्वकप्तान मल्लको प्रस्तावमा केन्द्रिय सदस्य...

क्रिकेटका पुर्वकप्तान मल्लको प्रस्तावमा केन्द्रिय सदस्य उम्मेदवार बने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेल

क्रिकेटका पुर्वकप्तान मल्लको प्रस्तावमा केन्द्रिय सदस्य उम्मेदवार बने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेल

सीएनएन खबर
बुधवार, आषाढ १० २०८३१०:३८
सीएनएन खबर
बुधवार, आषाढ १० २०८३१०:३८
  • images

    काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

    चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनमा रास्वपाका नेता तथा शिक्षामन्त्री पोखरेलले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । केन्द्रीय सदस्यका प्रत्याशी मन्त्री पोखरेलको प्रस्तावकमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र रहेका छन् भने पार्टीका विभिन्न २१ जना प्रतिनिधि समर्थक रहेका छन् । 

    उम्मेदवारी दर्तासँगै मन्त्री पोखरेलले केन्द्रीय सदस्य भएर पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्ने बताए । उनले भने, “रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु”, मन्त्री पोखरेलले भने ।

    प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका पोखरेल रास्वपाकोतर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद छन् । निर्वाचनकै समयमा ‘हट सिट’ का प्रतिस्पर्धी पोखरेल निर्वाचन अभियान शैलीलाई लिएर सञ्चार माध्यम तथा सामाजिक सञ्चालनमा चर्चामा छन् ।

    नेपाल सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका मन्त्री पोखरेल विषयवस्तुको गहिरो अध्ययन, स्पष्ट दृष्टिकोण र शालीन प्रस्तुतिले सबैमाझ लोकप्रियता हासिल गरेका छन् । उनी मुलुकको शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी शिक्षामा प्रविधिको उच्चतम अभ्यास अवलम्बन गरी स्वदेशमै गुणस्तरीय र रोजगारमुखी, व्यवहारिक शिक्षाको सुनिश्चितताका लागि प्रयत्नशील छन् ।

    मन्त्री पोखरेल यसअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख हालका प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गरेका थिए । रास्वपाको महाधिवेशन अन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend