२०८३, आश्विन १९ गते

images

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक स्थगित

बुधवार, आषाढ १० २०८३०३:३२
बुधवार, आषाढ १० २०८३०३:३२
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी शुक्रबार बस्ने भएको छ। यसअघि असार ११ गते बिहीबार बिहान ११ बजेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित गरी असार १२ गते शुक्रबार दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

    संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले बैठकको नयाँ मिति र समय निर्धारण गरेको जानकारी दिएका हुन्।

    जारी सूचनामा भनिएको छ, “मिति २०८३ असार ११ गते बिहीबार बिहान ११स्०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ असार १२ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया लम्बिएपछि संसद् बैठकको समय परिवर्तन गरिएको बताइएको छ। महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहेकाले रास्वपाका सांसदहरूको सहभागिता सुनिश्चित गर्न बैठक सारिएको स्रोतले जनाएको छ।

    अब प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे संघीय संसद् भवनमा बस्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend