२०८३, आश्विन १९ गते

images

लौका, काउली र आलुमा अत्यधिक विषादी, कालीमाटी बजारमा पुगेका तरकारी नष्ट

लौका, काउली र आलुमा अत्यधिक विषादी, कालीमाटी बजारमा पुगेका तरकारी नष्ट

आइतवार, आषाढ १४ २०८३१२:२९
आइतवार, आषाढ १४ २०८३१२:२९
  • images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका, काउली र आलुमा स्वास्थ्यका लागि हानिकारक मात्रामा विषादी फेला परेपछि ती तरकारी नष्ट गरिएको छ।

    कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको नियमित परीक्षणका क्रममा धादिङ, मकवानपुर र सल्यानबाट आएका तरकारीमा अत्यधिक विषादी भेटिएको हो।

    प्रयोगशालाका अनुसार परीक्षण गरिएका १२ नमुनामध्ये तीनवटामा अर्गानोफोस्फेट र कार्बोमेट समूहका विषादीको अवशेष ६४ प्रतिशतभन्दा बढी पाइएको छ। धादिङको गजुरी गाउँपालिकाबाट आएको लौकामा ६६.५१ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउलीमा ६४.५४ प्रतिशत तथा सल्यानबाट आएको आलुमा ६६.९९ प्रतिशत विषादीको मात्रा भेटिएको प्रतिवेदनमा उल्लेख छ।

    प्रयोगशालाको मापदण्डअनुसार विषादीको अवशेष ४५ प्रतिशतभन्दा बढी भएका तरकारी उपभोगका लागि अयोग्य मानिन्छन्। यस्तो अवस्थामा ती तरकारी अनिवार्य रूपमा नष्ट गर्नुपर्ने व्यवस्था रहेको छ। सोहीअनुसार अत्यधिक विषादी भेटिएका तीनवटै तरकारी बजारमा बिक्री वितरण गर्न नदिई नष्ट गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

    प्रयोगशालाले ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारीलाई उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भएकालाई केही दिन सुरक्षित राखेपछि मात्र प्रयोग गर्न मिल्ने तथा ४५ प्रतिशतभन्दा माथि विषादी भएको तरकारीलाई सिधै नष्ट गर्ने मापदण्ड अपनाउँदै आएको छ।

    यद्यपि, शनिबार र आइतबार कालीमाटी बजारले दैनिक तरकारीको मूल्यसूची सार्वजनिक गरे पनि विषादी परीक्षणसम्बन्धी प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

    स्वास्थ्य विज्ञहरूले तरकारी प्रयोग गर्नुअघि राम्रोसँग पखाल्ने, केही समय पानीमा भिजाउने र सम्भव भएसम्म छिल्का हटाएर प्रयोग गर्न सुझाव दिँदै आएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend