२०८३, आश्विन १९ गते

images
  • अटो
  • इनड्राइभले सार्वजनिक गर्‍यो ‘सेफ ड्राइभिङ अनलाइन...

इनड्राइभले सार्वजनिक गर्‍यो ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’, एक लाखभन्दा बढी चालकलाई सुरक्षा तालिम दिने लक्ष्य

इनड्राइभले सार्वजनिक गर्‍यो ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’, एक लाखभन्दा बढी चालकलाई सुरक्षा तालिम दिने लक्ष्य

मंगलवार, आषाढ १६ २०८३०९:१८
मंगलवार, आषाढ १६ २०८३०९:१८
  • images

    काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा चालक र यात्रुको सुरक्षा सुदृढ गर्ने उद्देश्यका साथ ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ।

    मोबाइलबाटै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको उक्त अनलाइन तालिमले ड्राइभर पार्टनरहरूलाई सुरक्षित सवारी सञ्चालन, सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपत्कालीन अवस्थाको व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्ने कम्पनीले जनाएको छ।

    इनड्राइभका अनुसार कोर्स सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले तालिम पूरा गरिसकेका छन्। आगामी दिनमा नेपालभर रहेका एक लाखभन्दा बढी इनड्राइभ चालक सम्म यो तालिम विस्तार गर्ने लक्ष्य कम्पनीको छ।

    करिब २० मिनेटमा पूरा गर्न सकिने यो कोर्स चालकहरूको व्यस्ततालाई ध्यानमा राख्दै छोटो र व्यवहारिक बनाइएको छ। यसलाई तीन मोड्युलमा विभाजन गरिएको छ।

    पहिलो मोड्युलमा प्लेटफर्मभित्र यात्रुसँग सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार गर्ने तरिका समेटिएको छ। दोस्रो मोड्युलमा रक्षात्मक ड्राइभिङ, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाका आधारभूत विषय समावेश छन्। तेस्रो मोड्युलमा आपत्कालीन अवस्था व्यवस्थापन, घटनाको रिपोर्टिङ तथा इनड्राइभ एपभित्र रहेको ‘SOS’ सुविधा प्रयोग गर्ने विधिबारे जानकारी दिइएको छ।

    प्रत्येक मोड्युलमा पाँच मिनेटको शैक्षिक भिडियो र पाँचवटा मूल्याङ्कन प्रश्न राखिएका छन्। कोर्स पूरा गरेको प्रमाणपत्र प्राप्त गर्न सहभागीले कम्तीमा ८० प्रतिशत सही उत्तर दिनुपर्ने व्यवस्था गरिएको छ। पहिलो प्रयासमा सफल नभए पुनः परीक्षा दिन सकिने कम्पनीले जनाएको छ।

    इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनिता जीमी राईले चालकहरूलाई सडकमा आइपर्ने हरेक परिस्थितिमा आत्मविश्वासका साथ सामना गर्न सक्ने बनाउने उद्देश्यले यो तालिम सुरु गरिएको बताइन्।

    उनले चालक र यात्रु दुवैको सुरक्षालाई प्राथमिकतामा राख्दै व्यावहारिक तथा प्रमाणमा आधारित सुरक्षा ज्ञान उपलब्ध गराउनु नै कम्पनीको मुख्य उद्देश्य रहेको उल्लेख गरिन्।

    कम्पनीका अनुसार यो पहलले चालकहरूको व्यक्तिगत सुरक्षा सचेतना, जोखिम व्यवस्थापन क्षमता तथा कठिन परिस्थितिको सामना गर्ने आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend