२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रतिनिधिसभा आज बस्दै, सार्वजनिक खरिददेखि मनि...

प्रतिनिधिसभा आज बस्दै, सार्वजनिक खरिददेखि मनि लाउन्डरिङ र सहकारी संशोधन विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभा आज बस्दै, सार्वजनिक खरिददेखि मनि लाउन्डरिङ र सहकारी संशोधन विधेयक पारित गर्ने तयारी

बिहिवार, आषाढ १८ २०८३०८:१६
बिहिवार, आषाढ १८ २०८३०८:१६
  • images

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

    बैठकमा व्यवस्थापन कार्यअन्तर्गत विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। आजको बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि छलफल गरी निर्णय लिने तयारी गरेको छ।

    सरकारले सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने, सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था सुदृढ गर्ने, सहकारी क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुनलाई समयानुकूल संशोधन गर्ने उद्देश्यका साथ यी विधेयक संसद्मा अघि बढाएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend