काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि पौडेलको हिरासत म्याद तेस्रोपटक थप गर्ने आदेश दिएको हो।
पौडेललाई असार ८ गते सुर्खेतबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको थियो। विभाग स्रोतका अनुसार उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोत शंकास्पद देखिएपछि त्यससम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको हो।
यसअघि पनि विशेष अदालतले पौडेललाई अनुसन्धानका लागि दुई पटक हिरासत म्याद थप गरिसकेको थियो। हाल उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको छ।

