२०८३, आश्विन १९ गते

images

पूर्वसांसद लक्ष्मी महतो जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो जलेश्वर कारागार चलान

शुक्रवार, आषाढ १९ २०८३०२:४०
शुक्रवार, आषाढ १९ २०८३०२:४०
  • images

    काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ।

    बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमार्फत अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि उनलाई कैद सजाय भुक्तानका लागि जलेश्वर कारागार पठाइएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।

    दोस्रो मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले यसअघि महतोलाई सफाइ दिएको थियो। तर, उच्च अदालत जनकपुरले बुधबार उक्त फैसला उल्ट्याउँदै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

    उच्च अदालतको फैसला लगत्तै प्रहरीले महतोलाई गौशालाबाट पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend