२०८३, श्रावण २५ गते

images
  • अटो
  • अटो शोको काउन्टडाउन सुरु, नाडाले गर्‍यो...

अटो शोको काउन्टडाउन सुरु, नाडाले गर्‍यो स्टल बाँडफाँट

अटो शोको काउन्टडाउन सुरु, नाडाले गर्‍यो स्टल बाँडफाँट

images
आइतवार, आषाढ २१ २०८३०५:३०
आइतवार, आषाढ २१ २०८३०५:३०
  • काठमाडौँ । नेपालमा आयोजना हुने सवारीसाधन, अटो पार्ट्स तथा अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँट गर्न गोला प्रथा सम्पन्न भएको छ।

    नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी भदौ ९ देखि १४ गतेसम्म १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्दैछ। प्रदर्शनीमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाको सहभागिता रहनेछ।

    प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीहरूका लागि गत महिना दर्ता खुला गरिएको थियो। सोहीअनुसार शनिबार नाडा सचिवालयमा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथा सम्पन्न गरी स्टल बाँडफाँट गरिएको हो।

    गोला प्रथामार्फत १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपाङ्ग्रे सवारीसाधन, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलमध्ये ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीलाई स्टल आवंटन गरिएको नाडाले जनाएको छ।

    नाडाका महासचिव मिलनबाबु मल्लले प्रदर्शनीमा सहभागिता जनाउने सबै कम्पनीप्रति आभार व्यक्त गर्दै यस वर्षको अटो शो अटोमोबाइल उद्योगका लागि थप प्रभावकारी र आकर्षक हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend